किभ ।। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधवार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गतसाता चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि उनको राजीनामा आएको हो ।
कुलेबाको राजीनामाबारे अर्को पूर्ण बैठकमा सांसदहरूले छलफल गर्ने संसद्का सभामुख रुस्लान स्टेफनचुकले आफ्नो फेसबूक पेजमा बताएका छन् ।
किभमा रातभर भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र ३५ जना घाइते भएका बेला विदेशमन्त्रीको राजीनामा आएको शहरका मेयर एन्ड्री सदोवीले बुधवार बिहान बताए । उनले मृत्यु हुनेमा एक बालक र एक चिकित्साकर्मी रहेको र घाइतेहरूको अवस्था चिन्ताजनक रहेको जानकारी दिए ।
उक्त आक्रमण दुई ब्लालेस्टिक क्षेप्यास्त्रद्वारा युक्रेनको पोल्टावामा एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा आक्रमण भएको एक दिनपछि भएको हो । पोल्टावामा भएको आक्रमणमा ५० भन्दा बढीको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका थिए । युक्रेनी अधिकारीहरूले युद्ध शुरू भएपछिको यो सबैभन्दा घातक रुसी आक्रमणमध्येको एक भएको बताएका छन् ।
युक्रेनका विदेशमन्त्री कुलेबाद्वारा राजीनामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।