रौतहट ।। रौतहटमा टिपरको ठक्करबाट एक जना घाइते भएका छन् । दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ पिपरा बजारमा शनिवार विहानको समयमा समनपुरबाट गौर तर्फ गईरहेका ना. ८ ख. ३६६६ नम्वरको टिपरले स्थानीय ४५ बर्षिय रामअश्रे पासवानलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका हुन् ।
पासवानको दाहिने खुट्टाको पैताला माथिबाट टिपर गुडेपछि गम्भीर घाउ लागेपछि बजारमा रहेका स्थानीयहरुले तत्कालै उपचारको लागि वागमती अस्पतालमा पुर्याएका थिए । प्राथमिक उपचारपछि घाइते पासवानलाई विरगंज पठाइएको स्थानीयहरुले बताए ।
टिपर र माधवनारायण नगरपालिका ३ घर भएका चालक राहुल सहनीलाई इलाका प्रहरी कार्यालय गंगापिपराको नियन्त्रणमा रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।