राैतहट ।। राैतहटकाे माधवनारायण नगरपालिकाकाे माधोपुर बजारको मठमा हनुमान मन्दीरको भव्यरुपमा उद्घाटन गरिएको छ । माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले वडा अध्यक्ष रामनरेश राय र इन्जिनियर नागेन्द्र यादव विशेष उपस्थितिमा हनुमान मन्दिरको उदघाटन गर्नु भएको हो ।
माधवा नारायण नगरपालिकाको वडा न ६ माधोपुर बजारको मठ प्राङ्गणमा २१ लाख सात हजार आठ सय एकाइस रुपैयाँको लागतमा निर्माण भएको हनुमान मन्दिर बिधिवत रूपमा आज सनिवार उदघाटन गरेका छन ।
बोल बम कावरिया संघका महासचिव एवम माधोपुर निवासी समाजसेवी नारेन्द्र ठाकुरको विशेष पहलमा निर्माण भएको हनुमान मन्दिरको जग्गा दाता बिश्वानाथ साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पर्यटन विभागका बिरेन्द्र चौधरी, जसपा नेपाल रौतहटका अध्यक्ष श्याम बिहारी यादव, समाजसेवि देवनारायण भगत, हरिनारायण यादव, जसेला साह, किशोरी महतो, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा लगायत आम नागरिक बाक्लो उपस्थिति रहेको थियो ।