राैतहट ।। रौतहटको परोहा नगरपालिकाले अगामी आर्थिक बर्ष २०८१–०८२ काे लागि करिव साढे ४८ करोडको बजेट ल्याएका छन् । परोहा नगरपालिकाको सभाकक्षमा सोमवार आयोजित ८ औं नगर अधिवेशनबाट अगामी बर्ष पालिकालाई धुवामुक्त पालिका बनाउने उद्देश्यबाट पालिका भित्र ७ हजार परिवारलाई ग्यास सिलिण्डर सहित चुल्हो वितरण गर्ने, गरिव असहाय एवं ओत लाग्न घरविहिन परिवारलाई ओत लाग्न संघ, प्रदेश संग समन्वय गर्ने नभएमा पालिकाबाटै घर बनाउने व्यवस्थापन गरिने मेयर शेख वकिलले उदघोष गरे ।
नगरप्रमुख वकिलले , अगामी आर्थिक बर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै , मेयर जनता कार्यक्रम अन्तर्गत भोकभोकै बस्नुपरेका जनताहरुलाई महिनाको १० किलोग्राम राशनको व्यवस्थापन गरिने छ । प्रत्येक वडामा अधिकतम ५० जनालाई महिनको १० किलोग्राम राशन उपलब्ध पालिकाबाट गराउने प्रतिबद्धता जनाए ।
अगामी बर्षमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका विभिन्न कार्यहरुका लागि ४८ करोड ४४ लाख ११ हजार १ रुपैयाको आयव्यय प्रस्तुत गरेको नगरपालिकाको इन्जिनियर दिपेन्द्र यादवले जानकारी दिए ।
नगरप्रमुख वकिलको सभापतित्वमा सम्पन्न सो अधिवेशनमा उपप्रमुख सुगान्धी देवी, प्रमुख प्रशासकीय अधिकृत महफुज अहमद, वडाध्यक्षहरु, नेपाली काँग्रेसका सचिव रामचन्द्र गिरी, नगरपालिकाको कर्मचारी, स्थानीय बासिन्दाहरु र संचारकर्मीहरुको उपस्थितिमा ८ औं नगरअधिवेशनको खुला सत्र सम्पन्न भएको थियो ।
परोहामा ४८ करोडकाे बजेट
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।