रौतहट ।। रौतहट जिल्लाको मध्यभागमा रहेकाे माधवनारायण नगरपालिकाले ४९ कराेडकाे बजेट प्रस्तुत गर्दै ९ औ नगर अधिवेशन सोमबार सम्पन्न गरेकाे छ । नगर अधिवेशनमा नगरप्रमुख बैजनाथ प्रसाद यादव (बैजू)ले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ४९ करोड ७४ लाख ७२ हजारको बजेट प्रस्तुत गरेका छन् ।

‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विकास व्यवस्थापन, दिगो बिविकास र सुशासनको प्रत्याभूति हुने गरी वातावरण सृजना गरिने लक्ष्य लिइएको हो । जनतालाई विकासको लाभ उपयोग गर्न सक्षम बनाई जनताका जीवनस्तरमा सुधार ल्याउने उदेश्यसहित ल्याइएको नीति तथा कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह,वित्तिय व्यवस्थापन र सुशासनतर्फ खर्च गरिने लक्ष्य लिएको छ ।

नगर अधिवेशनमा उपप्रमुख निर्माला देवी रमण, प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, निर्वाचित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी राजपुर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, बृन्दाबन नगरपालिका, गढीमाई नगरपालिका, मौलापुर नगरपालिका, पराेहा नगरपालीकाको नगर अधिवेशन समेत सम्पन्न भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here