रौतहट ।। राैतहटकाे राजदेवी नगरपालिकाले अगामी आर्थिक बर्ष २०८१–०८२ का लागि नीति तथा कार्यक्रमका साथै झण्डै ४८ करोड बराबरको बजेट ल्याएका छन् ।अगामी आर्थिक बर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राजदेवी नगरपालिकाको मेयर भिखारी प्रसाद यादवले नगरबासीलाई सुखी समृद्ध बनाउनु पर्नेमा जोड दिदै यहाँ भौतिक पूर्वाधारको क्षेत्रमा पनि अति नै पिछडिएको हुँदा यहाँ समुचित रुपमा बाटोघाटोको साथै खानेपानी, स्वास्थ्य, शिक्षा, कषि सहित विभिन्न क्षेत्रमा परिमार्जन गर्नुपर्ने नितान्त आवश्यक भएपनि बजेट अभावमा विस्तारै विस्तारै उक्त योजनाहरुलाई पुरा गराउने प्रतिबद्धता प्रकट गरे । जनप्रतिनिधिहरु समग्र रुपमा यस पालिकामा आमूल परिवर्तन ल्याएन एकजुट भएर विकास निर्माणको कार्यमा इमान्दारीका साथ जुट्नुपर्नेमा जोड दिदै अगामी बर्षको लागि ४८ करोड १० लाख ९६ हजार रुपैयाको बजेट ल्याएर पालिकामा विकासको अनुभुति गराउने जिकिर गरे । जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगर अधिवेशनमा उपमेयर राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, वडाध्यक्षहरु, वडा सदस्यहरु, बोर्ड सदस्यहरु, कर्मचारीहरु, स्थानीय , संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
राजदेवी नगरपालिकाले ल्यायाे ४८ करोडको बजेट
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।