जनकपुरधाम ।। जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। लामो समयदेखि जसपाको नेतृत्व गर्दै आएका यादव पुनः निर्विरोध अध्यक्ष बनेका हुन् । जनकपुरधाममा सोमबारदेखिजारी पार्टीको तीन दिने प्रथम एकता महाधिवेशनअन्तर्गत बुधवार अन्तिम दिन भएको उम्मेदवारी दर्तामा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । १८ वर्ष अगाडि यादवकै नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपाल गठन भएर पटक–पटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा यादवले नै नेतृत्व गरिरहेका छन्। स्थापनाकालमा उपेन्द्र यादवको पार्टी एक गैरसरकारी संस्थाको रूपमा थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












