रौतहट ।। प्रादेशिक अस्पताल गौरको अवस्था सुधारउनमुख रहेको राष्ट्रिय अनुसन्धानका एसपी अभिनय सिंहले बताउनु भएको छ । विईन्ग ह्यूमयान नेपालको आयोजना तथा प्रदेशिक अस्पताल गौरको सहयोगमा अस्पतालको सभा हलमा आयोजित सोसल अडिट कार्यक्रमको प्रमुख अतिथि एसपी अभिनय सिंहले प्रादेशिक अस्पताल गौर पहिला भन्दा अहिले ईन्फास्टकचर देखि सेवाग्रहीको सेवा सुविधामा सुधार भएको बताएका छन् । कार्यक्रमको प्रयास राम्रो भएको अगामी दिनमा सवै पक्षलाई समेटेर सोसल अडिट गर्नु पर्ने बताए ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले, समाजिक परिक्षणमा सर्वपक्षीय सहभागीता हुनु महत्पूर्ण रहेकोले अगामी दिनमा यस प्रति विचार गरि अगाडी बढ्न सुझाव दिनु भएको छ । समाजिक परिक्षण अर्थात सोसल अडिट, समाजका विचमा वा समाजका हरेक वर्ग समुदायिका, सेवा क्षेत्रका सेवाग्रही, सेवाप्रदायक सहितको सेवा सुविधा, व्यवहार, अवस्था, नागरिक वडापत्र सहितको हुनु पर्ने सहायक प्रजिअ यादवले सुझाव दिदै अहिलेको प्रयास राम्रो भए पनि अगामी दिनका प्रत्येक कलस्टरको समाजिक परिक्षण गरिनु पर्ने बताए ।
त्यस्तै, प्रदेशिक अस्पाता गौर मेसु डा.मुरारी ठाकुरले, सोसल अडिटमा देखाईएका सवै पक्षमा हामी सुधार गर्नु प्रतिद्धता गर्दै, खानेपानीको व्यवस्थापन केही जटिल रहेकोले यसमा रहेको कमी कमजोरी छिटै सुधार गरिने बताए ।
जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवको अध्यक्षतामा भएको सोसल अडिट कार्यक्रमा नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि संजय यादव, नेपाल प्रहरीका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि, संचाकर्मी, नागरिक समाज तथा स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो ।
प्रादेशिक अस्पाताल गौरको अवस्था सुधारउनमुख रहेको :- एसपी सिंह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।