जनकपुरधाम ।। पाँचाैं पटक विश्वासको मत लिन लागेका मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभा बैठकमा भावुक देखिएका छन् । विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्न रोष्टममा पुगेका मुख्यमन्त्री यादवले भावुक देखिए । उनले आफूमाथि लागेको आरोप प्रमाणित नभएको बताए । उनले भने, ‘सबै दलको सहयोगले १७ महिनादेखि मुख्यमन्त्री रहेको छु । सबै दलका नेता मेरो मन्त्रिमण्डलमा काम गरिसक्नुभयो । सबैलाई धन्यवाद ।’ उनले देशमा संघीयता, प्रादेशिक व्यवस्था स्थापित गर्न संघ सरकार समक्ष गरेको महत्वपूर्ण वार्ता र प्रदेश समन्वय मार्फत गरेको भूमिका स्मरणीय रहने बताए । मुख्यमन्त्री यादवले सबै माननीयमाथि प्रादेशिक व्यवस्था सुदृढ गर्न विशेष जिम्मेवारी रहेको भन्दै सबै दलका साँसदहरुसँग विश्वासको मत दिन आग्रह पनि गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here