रौतहट ।। चर्को घाम संगै अत्याधिक गर्मीको कारण रौतहट जिल्लाको समान्य जनजीवन नराम्ररी प्रभावित भएका छन् । विहान घाम झुल्किना साथ खपि नसक्ने गर्मीको सामना गर्दै आएका रौतहट सहितका तराई मधेशका बासिन्दाहरुलाई दिउसोपखको समय व्यतित गर्न निकै गाह्रो भईरहेका हुन् । घामको अप्रत्याशित राप र चिलचिलाउदो गर्मीबाट आम मानिस वेहाल बनेको छ । सामान्य ४० देखि ४४ डिग्री सेल्सियस सम्म तापमान पुग्ने गर्दा कक्षा कोठामा छात्रछात्राहरु मुर्छित पर्न थालेपछि शिक्षा विकास तथा समन्वय इकाई रौतहटले १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयलाई बर्षे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरेर विद्यार्थीहरुलाई जोगाउन आवश्यक प्रबन्ध मिलाउन परिपत्र गरिसकेका छन् । सोही परिपत्रका आधारमा बुधवार देखि तिन दिन सम्मका लागि रौतहटको सम्पूर्ण विद्यालयहरु बन्द गरिएका हुन् । सदरमुकाम गौरमा नीजि विद्यालय पनि दुई दिनको लागि बन्द गरिएको प्याब्सनले जनाएको छ । सामुदायिक विद्यालयहरु बन्द भएपनि सदरमुकाम बाहेक अन्य पालिकामा नीजि क्षेत्रमा संचालित विद्यालयहरु संचालनमा रहदा स साना बालबालिकाहरु चर्को गर्मीमा विद्यालय जान बाध्य बनेका छन् । गर्मी बढे लगतै रौतहटका सबै विद्यालयहरु बन्द भएका छन् । यस्तै गर्मी रहिरह्यो भने अभिभावकहरु आ आफनो बालबालिकालाई विद्यालय नपठाउने बताए । यसैगरी दिउसोपख रौतहट सदरमुकाम गौरको अति व्यस्त सडकहरु सुनसान देखिन थालेको छ भने सरकारी कार्यालयहरुमा काम गराउन आउने सेवाग्राहीको संख्यामा निकै कमी आएको छ । अत्याधिक गर्मीको कारण बजार क्षेत्रमा सुर्यास्त भएपछि चहलपहल देखिन्छ तर १० बजे देखि लिएर ७ बजे सम्म मानिसहरुको संख्या सदरमुकाम सहित ग्रामिण भेगका सडकमा पातिलिदै गएको देखिन्छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here