रौतहट ।। रौतहट सदरमुकाम गौरको वीपी चोकमा निर्माणाधिन घण्टाघरबाट मिक्सचर मेसिनको जहाज सहितका विभन्न स्पेयर पार्टसहरु प्रहरी बीट अगाडीबाट चोरी भएको छ ।
चोरी भएपछि यहाँको प्रहरी माथि प्रश्न चिन्ह् खडा भएका छन् । प्रहरीले चाल नपाउनु निकै नै विडम्बना रहेको गौर नगरपालिका वडा नम्वर ८ का वडासदस्य श्रीभगवान साहले भनेका हुन् । गौरको मुहार फेरिने विकास निर्माणको कार्यहरुलाई नोक्सानी पुर्याउने उद्देश्यबाट घात लगाएर बसेका यस्ता प्रवृतिका व्यक्तिहरु विहानै चोरेर पार्टसहरु लगेको कुरा सिसिटिभीमा कैद भएको दृष्य देखेपछि वडा सदस्य साहले लिखित उजुरी जिल्ला प्रहरी कार्यालय गरेपछि एक जनालाई प्रहरीले पक्राउ गरेको उनले भने ।
जेठ २ गते विहान ९.३० बजेको सयममा खाना खानको लागि विपी चोकै अनिल होटलमागएका थिए । सोही समयमा मिक्सचर मेशिनको पार्टसहरु चोरी गरेर लगिरहदा प्रहरी बीटमै थियो तर चाल पाउन सकेनन् । आफूहरु खाना खाएर फर्किका उक्त मिक्सचर मेशिनको सामानहरु चोरी भएको चाल पाएर सोधपुछ गर्दा समेत पत्ता लागेनन् ।
तर नजिकै रहेको एक होटलको सिसिटिभीमा रौतहट राजदेवी नगरपालिका वडा नम्वर ३ का बैजु साहलाई सामानहरु चोरी गरेर लगिदै गरेको पत्ता लागे ।
त्यसपछि लिखित रुपमा जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी गरेपछि पक्राउ परको वडा सदस्य साहले भने । अब प्रहरीले गौरमा भएका विकास निर्माणको योजनाहरुमा घात लगाएर चोरी गर्ने समुहलाई पत्ता लगाउन समेत सजिलो हुने उनले बताए । यस अघि पटक पटक गौर पुरेनवा जोड्ने झुलुंगे पुलको प्लेट चोरी हुनु, वाणेश्वर महादेव स्थानमा रहेको झुलुंगे पुलको नटबोल्ट चोरी हुने प्रवृति बढेर गएपनि तिन स्थानहरुमा प्रहरी नरहेको तर घण्टाघर नजिकै प्रहरी भएको स्थानबाट चोरी हुँदा यहाँका केही अज्ञात चोरहरुको मनोबल बढेर गएको उनले भने ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझ्दा केही दिन अघि मिक्सचर मेशिनको पार्टस चोरी भएको विषयमा उजुरी पर्दा आवश्यक छानविन सोधपुछका लागि केही व्यक्ति अनुसन्धान भईरहेको श्रोतबाट बुझिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here