काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू नेतृत्वको नेकपा एकीकृत समाजवादी विभाजनको सम्भावनालाई हल्ला मात्रै मान्न नसकिने बताएका छन् ।
जेठ १ र २ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘कुनै पनि कुरालाई त्यतिकै हल्ला हो भनेर मात्रै भन्न सकिँदैन । कसैलाई विश्वास गरेर पनि चल्न सकिँदैन । हामी आँखा चिम्लेर विश्वास पनि गर्दैनौँ । हुँदै होइन भनेर अस्वीकार पनि गर्दैनौँ ।’
उनले नेकपा एकीकृत समाजवादीलाई विभाजन गर्न सजिलो नभएको बताए । उनले आफ्नो पार्टीप्रति कुभलो नचिताउन आग्रह पनि गरे ।
‘मैले अहिलेसम्म बुझ्दा, यो पार्टीभित्र यो पार्टी छोडेर जाने, अलग हुने, अर्को कुनै पार्टी खोल्ने, या विभाजन गर्ने अवस्था देखापरेको छैन’, उनले भने ।
पत्रकाहरूले समाचार ल्याएपछि आफूहरू आत्तिएको र पार्टीको संसदीय दलको बैठक बसेको अध्यक्ष नेपालले बताए । भने, ‘संसदीय दलको बैठक बस्यौँ । प्रतिनिधि सभाका १० र राष्ट्रिय सभाका ८ गरी १८ जनाकै बैठक बस्यौँ । छलफल र परामर्श गर्‍यौँ । एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भनेर निर्णय गर्‍यौँ । कुनै पनि किसिमको समस्या हामीले पाएका छैनौँ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here