रौतहट ।। असमान शिक्षक वितरण सच्याउन, तहगत र विषयगत शिक्षक दरबन्दी एंव विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्ष्ँक दरबन्दी तत्काल आपूर्ति गर्ने माग राख्दै आम जनता पार्टी नेपालले ज्ञापन पत्र बुझाएको छ ।
नेपाल सरकारको सरकारी तथ्याङ्क अनुसार देशभरका सामुदायिक विद्यालयमा झण्डै ७३,९३८ शिक्षक दरबन्दीको अभाव रहेको र शिक्षा विभागको मापदण्ड विपरित कुनै जिल्लामा शिक्षक विधार्थी अनुपात ४ विद्यार्थीमा १ शिक्षक, कुनै जिल्लामा १८ विद्यार्थीमा १ शिक्षक त कुनै जिल्लामा ८० विद्यार्थीमा १ शिक्षक हुनुले स्वयम सरकार नै शिक्षा क्षेत्रलाई धरासायी बनाउन र शिक्षा विभागको मापदण्डको मुजाक उडाउन अग्रसर रहेको हाम्रो बुझाइ छ ।
नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्विकारेपनि गरिब र बिपन्न बर्गले पढ्ने झण्डै ३००० सामुदायिक विद्यालयमा शुन्य दरबन्दी हुनु, १३६९७ विज्ञान, १२६९७ गणित र ५७९० अङ्ग्रेजी विषयको मावी निमावि तहमा विषयगत शिक्षक अभाव हुनु सरासर शिक्षा ऐनको भद्दा मजाक हो। शिक्षा ऐन अनुसार विधार्थी शिक्षक अनुपात हिमालमा ४०ः१ पहाडमा ४५.१ र तराई र उपत्यकाको हकमा ५०ः१ भएपनी हिमाली जिल्ला मनाङमा ४ विद्यार्थीमा १ शिक्षक, पहाडी जिल्ला काठमाडौं मा १८ विद्यार्थीमा १ शिक्षक र तराईका रौतहटमा ८० विद्यार्थीमा १ शिक्षक हुनु शिक्षा ऐनको सरकारी उल्लङ्घन हो । बागमती प्रदेशमा मात्र २१९६८ शिक्षक आवश्यक रहेको ठाउमा २१५९ शिक्षक मौजूद हुनु, एउटै बागमती प्रदेशमा मात्रै आवश्यकता भन्दा ५४१९१ शिक्षक दरबन्दी बढी हुनु सरकारको विभेदकारी नीतिको प्रमाण हो ।
एकातिर पहाडी क्षेत्रमा आवश्यताभन्दा झण्डै तेव्वर शिक्षक हुनु र अर्कोतिर मधेश प्रदेशमा शिक्षकको अभाव हुँदा सयौं विद्यार्थी एउटै कक्षाकोठामा कोचिएर पठनपाठन गर्न बाध्य भएको अवस्थाप्रति आम जनता पार्टी मधेश प्रदेश कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ ।


यी तमाम तथ्यलाई अध्य्यन गर्दा देशमा शिक्षक दरबन्दी वितरणमा असमानता रहेको, तहगत र विषयगत शिक्षकको चरम अभाव रहेको र सरकारी ऐन विपरीत मधेश प्रदेशमा शिक्षक दरबन्दीको वितरणमा विभेद भएको भन्दै तत्काल शिक्षक ऐन अनुसार विद्यार्थी संकयका अनुपातमा मधेश प्रदेश शिक्षक दरबन्दी उपलब्ध गराउन विभिन्न माग राख्दै संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउदै आम जनता पार्टी निकट आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहले जानकारी गराएका छन् ।
हजारौको संख्यामा विद्यार्थीहरुले गौरमा नारा जुलुस गर्दैै जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय गौरमा पुरी कोण सभा गरेका थिए । कार्यक्रममा आजपाको केन्द्रीय नेताहरु समिना हुसैन, धर्मेन्द्र पटेल, विजय यादव निर्विज लगायतको दर्जनौ नेता कार्यकर्ता सहित हजारौको संख्यामा विद्यार्थीहरुको सहभागी रहेको थियो । विद्यार्थीहरुले जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय गौरमा अधिकारी तथा कर्मचारीहरु नभेटीए पछि आक्रोसीत हुदै कार्यलय मेन गेटमा ढुंगामुढा तोडफोड समेत गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here