वीरगञ्ज ।। पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट पैसा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलका अनुसार अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।
चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी छन् ।
सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो । सय र बीस रुपैयाँक नोट चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।
चोरी भएको समयमा बैंकमा सुरक्षा गार्ड थिएनन् । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here