बझाङ ।। बझाङको प्रदेश सभा क्षेत्र नेकपा (एमाले) का दमनबहादुर भण्डारीले जितेको छ। सोमबार दिउँसो आएको मतपरिणाम अनुसार भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।
भण्डारीले ११६१३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन् ।
यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए।
उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।