बझाङ ।। बझाङको प्रदेश सभाको उपनिर्वाचन अन्तर्गत् जारी मतगणनामा नेकपा (एमाले) का दमन भण्डारीले सुरूआतदेखि नै अग्रता कायम राखेका छन्।
छबिसपाथिभेरा गाउँपालिकाका ७ वटै वडा र थलारा गाउँपालिका– ९को मतगणना गर्दा एमाले उम्मेदवार भण्डारीले दुई हजार ८७ मत पाएका छन्।
दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले एक हजार ३ सय ७४ मत पाएका छन्। तेस्रो ठाउँमा झरेका नेपाली कांग्रेसका उम्मेदवारी अभिषेक सिंहले भने एक हजार २ सय ९२मत पाएका छन्।
चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८ सय ४१ मत पाएका छन् । २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार एक सय १२ मत ल्याएर जितेका थिए भने यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार तीन सय ३६ मत ल्याएका थिए।
त्यसबेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here