बारा ।। बाराको इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा ड्युटीमा रहेका प्रहरीको साथबाट पेस्तोल हराएको छ । आइतबार मध्यरातमा गाँजा तस्करी भएको सूचना पाएको प्रहरी जंगलमा जाने क्रममा वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हराएको प्रहरीले जनाएको छ ।
पेस्तोलमा १० राउण्ड गोलीसमेत रहेको छ । ड्युटीमा खटिएका सुरक्षाकर्मीबाट हतियार हराएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ । अहिले पेस्तोलको खोजी भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here