जनकपुर ।। मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्। माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री उनले नियुक्त गरेका छन्।
माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मुख्यमन्त्री यादवले मन्त्री नियुक्त गरेका हुन्।
साह महोत्तरी निर्वाचन क्षेत्र नं १ (२), भट्टराई रौतहट ४ (१) र लुङ्गेली सर्लाही निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित प्रदेश सभा सांसद हुन्।
यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ। यहीँ मन्त्रालयका राज्यमन्त्री रहबर अन्सारीलाई समेत पार्टीले फिर्ता बोलाएको छ।
गैरकानुनी रकमान्तर, अनियमितता लगायतका प्रकरणमा मुछिएपछि पार्टीले मन्त्री यादवलाई फिर्ता बोलाएको माओवादीका एक सांसदले बताए ।
‘उहाँ आर्थिक अनियमिततामा फस्नुभयो। मन्त्रालय उहाँको श्रीमानले चलायो। पैसा मागेर सबैलाई हैरान पारेको धेरै गुनासो आएपछि उहाँलाई मन्त्रीबाट फिर्ता बोलाइएको हो,’ ती सांसदले भने।
यादवले पाएकी उद्योग मन्त्रालय युवराज भट्टराईले पाउन लागेको उनले बताए। यद्यपि अहिले तीनै जनालाई विनाविभागीय मन्त्री बनाएर पछि मन्त्रालयको जिम्मेवारी तोक्ने आफूले सुनेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानाले बताए। मधेस प्रदेशमा ११ वटा मन्त्रालय रहेका छन्। त्यसमध्ये मुख्यमन्त्रीसहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रबाट अब २/२ जना मन्त्री भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here