काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा वृहत प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सांसद ज्ञानेन्द्र शाहीसहितका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको थियो । प्रदर्शन जारी रहँदै कोणसभाको आयोजना गरि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
उनले भने, ‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा हानेको थियो ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here