रोशन एकादिन घुम्दाघुमदै एक गाउँमा पुगे त्याहा पुगेसी रोशनलाइ उस्को एक पुरानो मित्रलाई पनि भेट्न मन लाग्यो । रोशन उसको घर पुगे ,70/75 वर्ष उमेरका आखा टिमटिमाइ रोशन तिर टुलुटुलु हेरेर रोशनलाइ चिन्ने प्रयास गरि रहेका एक जोरी निरीह ब्यक्तिले रोशनलाई र रोशनले त्यो निरीह ब्याक्ती लाई हेर्दा हेर्दै नजिक पुगेर वहालाइ ढोग्दै भने , म रोशन पहिला सधै आउथे अहिले मेरो जागीरमा स्थान्तारण भएर अलि टाढा छु त्यही भएर आउन ढिला भयो बिजय कहाँ छ ? अहिले फोन सम्पर्क पनि छैन ? रोशनको प्रश्न को जबाफमा प्रश्न नै गर्नु भयो वहाले बाबू तिम्रो आमा बाबू कता हुनुहुन्छ ? के गरीराख्नु भएको छ ? रोशनले भने म सगै ,म बसेको सहरमै बस्नु हुन्छ कहिले मन लाग्यो भने भाइ सग पनि बस्नु हुन्छ ,किन काका ? यति सोधेको के थियो वहाको आँखा बाट आशुको धारा बग्दै गङा जमुनामा परिबर्तन हुन लाग्यो । रोशन आँसु पुछ्दै हल्का स्वरमा भने भन्नुस काका के भयो ? रोशनले आखाको आँसु पुछे पनि बायो बृध बुवाको हिर्दयको विलकार बन्द भएको थिएन । बिलकय स्वरमा काकाले भन्नू भयो बाबू रोशन धेरै दिन पछि आयौ तर तिम्रो साथी बिजय 5 वर्ष देखि घरनै आएको छैन । रोशनले सोधे सुजय र अजय कता ? रोशनले यति सोधेको के थियो गङा जमुनाको बग्दै जबाफ आयो, मेरो गाउको वरिपरि चालीस गाउमा नाम र पहिचान थियो । तिम्रो साथिले सुजय र आफ्नो छोरा प्रतिकलाइ बिदेशमा पढाउन गाउँ घर तथा आफन्त सङ ऋण लिएको थियो । ऋण तिर्न नसकेर भगेको छ, हामी बुढा बुढी मात्रै यहाँ छौ, मेरो 5 छोरा मध्ये कोहि छैन म सग, सबै आ आफना परीवार सगै रमाइ सहरमा बसेको छ ,सुजय माथी धेरै नै आसा र बिस्वास थियो बिदेश पनि पढन पठाए तर उ पनि सहरको चका चौधमा रमियो नाति पनि उच्च शिक्षा भन्दा पहिला आसाका किरण थिए वैदेशिक उच्च शिक्षा पछि उसको तेजस्वी किरणलाइ पनि पाश्य सभ्यताको बादलले हदै सम्म छेकेको छ ।

छोरा तिमी कहिल्यै यस्तो न गर्नु आफ्नो आमा बाबुको सेवा गर्नु मलाइ त मेरो छोराहरुको चिन्ता सताइ रहेको छ उनीहरुको छोराहरुले उ सङ बुढेसकालमा कस्तो व्यबहार गर्छ । रोशन बाबू म लगायत यस समाजका अधिकान्स आमा बाबू एउटै प्रश्नको जबाफ खोज्दै छ्न हामी जस्ता दुई बुढा बुढी एक घर सम्भाल्दै अर्का आर्जन गर्दै आफ्नो सम्पुर्ण शक्ति केन्द्र बनाएर बच्चालाई सिन्चित गर्छौ तर त्यही सब सन्तान मिलेर हामी जस्तो दुई बुढा बुढिलाइ सभ्य शब्द रुपी गुच्छा र दुई छाक सात्विक भोजन किन न दिन सकेको होला ?यो समाज कता जादैछ ? भनिन्छ कफन मा पाकेट हुदैन फेरि मान्छे किन मृग तृष्णामा छ्न ? यदि आजै बाट सबै जना मीत ब्ययिता अपनाइ आ आफ्नो तबरबाट आत्माअलोचना गर्दै सत्मार्गको बाटो प्रस्स्त गर्दै अगाडि बढे भने यस्ता कुरितिलाइ सदाका लागि डन्काको चोट्मा बिदा गरि सभ्य समाज निर्माण गर्न सकिन्छ ।

लेखक :- प्रकाश कुमार सिंह राज सिर्सिया, राैतहट

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here