काठमाडौं ।। सरकारले नेपाली कांग्रेसको मागअनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप छानबिन गर्न संसदीय समिति गठन नहुने स्पष्ट पारेको छ ।
सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसँग सरकारका प्रवक्ता रेखा शर्माले गृहमन्त्री लामिछानेमाथि लागेका आरोप प्रमाणित हुने कुनै आधार नभेटिएकाले छानबिन समिति गठनको औचित्य नभएको स्पष्ट पारिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिने क्रममा उनले गृहमन्त्रीमाथि लागेको आरोप प्रमाणित हुनेगरी यथेष्ट प्रमाण नभेटिएको, सोही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद तथा समितिमा बोलिसकेकाले समिति गठन नगरेको जानकारी गराइन् ।
सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनृु पर्ने बटमलाइन बनाउँदै आएको कांग्रेसले प्रतिनिधि सभाको आगामी बैठक चल्न नदिने संकेत गरेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति नै गृहमन्त्री बनेको दाबी गर्दै कांग्रेसले एक महिनायता संसदमा आवाज उठाउँदै आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here