काठमाडौं ।। लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी २० सिरिजको पहिलो खेलमा नेपाल ए पराजित भएको छ ।
आयरल्यान्डले दिएको २२३ रनको पछाएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो । नेपाल २१ रनले पराजित भएकाे हाे । हारसँगै आयरल्यान्डले सिरिजमा १-० को अग्रता लिएको छ ।
नेपालका लागि बमले ५६ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १०६ रनको शतकीय ईनिङ खेले। बमले नेपाल ए को ईतिहासमा नै पहिलो शतक बनाएका बमले ५२ बलमा ८ चौका र ८ छक्काको सहयोगमा पूरा गरे ।
बम र शेखले चौथो विकेटका लागि १२१ रनको सानदार साझेदारी गरे । आरिफ शेखले २६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४९ रनको ईनिङ खेले। कप्तान विनोद भण्डारीले १४ बलमा १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएका थिए ।
आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४९ रन बनाए । कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । केड कार्माइकलले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए ।
स्टेफन डोहेनीले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । गारेथ डिलेनीले १४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन बनाएका थिए। डिलेनीले अन्तिम ओभरमा मात्र ३ छक्का र १ चौका प्रहार गरेका थिए ।
नेपालका लागि कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १र१ विकेट लिए ।
नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग पराजित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।