रौतहट ।। रौतहटमा शिवम् मनी ट्रान्सफरमा लुटपाट गर्न गोली चलेको छ । जिल्लाको परोहा नगरपालिका– ९, खापचोकस्थित साे मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनै जना भारतीय नागरिक रहेका तथा उनीहरुलाई हतियारसहित पक्राउ गरिएको रौतहटका एसपी महेन्द्र बिष्टले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारत बिहार राज्यको मोतिहारी निवासी मुनिफ यादव,चन्दन सिंह र राजा कुमार पासवान रहेको बिष्टले बताए । उनीहरुको साथबाट एउटा पेस्तोल र सोमा लाग्ने गोलीसमेत बरामद गरिएको उनले बताए । ‘लुटपाटको लागि आएका थिए, सोहीक्रममा गोली प्रहार गरेका हुन्, तीनै जना भारतीय हुन्, पक्राउ गरिसकेका छौँ,’ उनले भने, ‘एउटा पेस्तोल गोली र लुटिएको नगद पनि बरामद भएको छ ठ्याक्कै कति रकम हो पछि खुल्छ ।’
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका लुटेराहरुले साहलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका साहलाई थप उपचारको लागि वीरगञ्ज पठाईएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
रौतहटमा मनी ट्रान्सफर लुटपाट गर्न गोली चल्यो,तीन भारतीय पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।