काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई नेकपा (एकीकृत समाजवादी) ले विश्वासको मत दिने भएको छ । आज मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबीच भएको भेटवार्तामा सरकारलाई विश्वासको मत दिनेबारे सहमति भएको हो ।
उक्त भेटवार्तामा अध्यक्ष नेपालले सरकारमा सहभागी चार दलले यसअघि हस्ताक्षर गरेको ८ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । साथै, अध्यक्ष नेपालले आज हुन लागेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन निर्देशन दिएका छन् ।
अध्यक्ष नेपालको मागप्रति प्रचण्ड र ओली सहमत भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here