राैतहट ।। रौतहट जिल्लामा शनीवार देखि पालिका कप क्रिकेट प्रतियोगिता शुरू भएको पालिका कपको पहिलो खेलमा रौतहटको दुर्गाभगवती गाउपालिकको टीम विजयी शुरुवात गरेको छ ! टॉस जितेर पहिलो बल्लेबाजी गरेका दुर्गा भगवती टीमले निर्धारित २० ओभरको खेलमा ८ विकेट को क्षतिमा १२९ रन को स्कोर खड़ा गरेको थियो !

दुर्गा भगवती गाउँपालिकाबाट जगरनाथ दासले ३८ बलमा ४६ रनको योगदान दिएको थियो भने सुजीत मिश्राले १७ बलमा २१ रन बनाएका थिए ! १३० रनको विजय लक्ष्य पूरा गर्नको लागि मैदानमा उत्रेका चंद्रपुर नगरपालिकाको टीमले १८ ओभर ३ बलमा १० बिकट गुमाउदै ९५ रन मै सिमित भए पछि ३४ रनले पराजित भएको आयोजक सस्था रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ! मैन ऑफ दी मैच आशिक झालाइ घोषित गरिएको छ !

उदघाटन समारोहमा प्रतियोगितामा सहभागी भएका पालिकाका नगर प्रमुख ,रौतहट जिल्ला क्रिकेट संघका पदाधिकारी , संचारकर्मीहरुको सहभागिता रहेको थियो ! आइतवार दोस्रो मैच गौर नगरपालिका विरुद्ध गुजरा नगरपालिका विच हुने आयोजक सस्थाले जनाएको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here