काठमाडाैं ।। नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । श्रेष्ठलाई भेट्न उनी बिहीवार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए । चिनियाँ राजदूतले परराष्ट्रमन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाइएको छ । यसअघि परराष्ट्रमन्त्री श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेटेका थिए । निवर्तमान गृहमन्त्री श्रेष्ठले बुधवार मात्रै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।