काठमाडाैं ।। सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन् ।
नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन् ।
गठबन्धनमा जसपा पनि छ। तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन।
नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए ।
नयाँ मन्त्रीहरूले बुधबार अपराह्न ५ बजे शपथ लिने कार्यक्रम तय भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।