रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा आयोजित मेयर कप २०८० को बिजेता र उपबिजेता क्रिकेट टीमका खिलाडीलाइ नेपाली कांग्रेसका महिला नेतृले आफ्नो तरफ बाट पुरस्कृत गरेको छ !
मेयर कप क्रिकेट प्रतियोगिताको बिजेता र उपबिजेता भएका वड़ा नम्बर ३ र वड़ा नम्बर ५ का क्रिकेट टीमका खिलाडीलाइ पुरस्कृत गरिएको हो ! ईशनाथ नगरपालिकाका नगर प्रमुख प्रत्यासी नेपाली कांग्रेसका महिला नेतृ अंजू झाले आफ्नो तरफ बाट क्रिकेट खिलाडीहरुको थप हौशला बढाउने उदेश्यले पुरस्कृत गरेका हुन !
फाल्गुन १८ गते रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा भएको मेयर कप क्रिकेट प्रतियोगितामा २७ रनले बिजयी भएका ईशनाथ नगरपालिका वड़ा नम्बर ३ का खिलाडी तथा उप बिजेता बनेका वड़ा नम्बर ५ का खिलाडीलाइ सामूहिक रुपमा नेपाली कांग्रेसका नेतृ झा ले नगद रुपैया बाट पुरस्कृत गरेका छन
ईशनाथ नगरपालिका वड़ा नम्बर ३ औरैयामा रहेको ईशनाथ महादेव मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा नगर प्रत्यासी झा ले विजेता टीमलाइ १५ हजार नगद तथा उपबिजेता टीमलाइ नगद १० हजार रुपैया दिएर पुरस्कृत गरेको छ !
महिला नेतृ झा ले फाल्गुन २६ गते देखि हुन लागेको पालिका क्रिकेट कप प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेर आफ्नो पालिकाको नाउ रौशन गर्न आग्रह गरेकी छीन ! उहाले पालिकाले सहयोग गर्न सकेन भने खिलाडीहरुको भावना उच्च गर्न आफ्नो व्यक्तिगत रुपमा सहयोग गर्न तत्पर रहेको बताए !
पुरस्कार बितरण कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख प्रत्यासी झाले आफुले नगरमा बिकास गर्न चाहे पनि निर्वाचित नगर प्रमुखले बाधकको रुपमा प्रस्तुत हुने गरेकोले चाहेर पनि जनताको लागि केहि गर्न नसकेको गुनासो गरे ! सत्यको पक्षमा युवाहरुले आवाज उठाउनु पर्ने उहाले आग्रह समेत गरे ! कार्यक्रममा नेपाली कांग्रेसका मोहन माली ,जय नारायण साह लगायतका वक्ताहरुले नगर प्रमुख कौशल्या देवी सिन्हाको कार्य शैली प्रति आक्रोश व्यक्त समेत गरेका छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here