काठमाडाैं ।। नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनमा एउटै मात्र राजनीतिक दस्तावेश पेश गर्ने सहमति बनेको छ ।
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रीय मस्यौदा समितिको बिहीबार सम्पन्न बैठकमा एउटै दस्तावेश ल्याउने सहमति बनेको प्रवक्ता जगनान्थ खतिवडाले बताए। “बजारमा हल्ला चलेजस्तो विवाद छैन, महाधिवेशनमा एक मात्र दस्तावेज ल्याउने सर्वसम्मत निर्णय भएको छ,” प्रवक्ता खतिवडाले भने । अध्यक्ष माधवकुमार नेपाल सहितको सहभागितामा २७ सदस्यीय मस्यौदा समितिको बैठक बसेको थियो। तीन दिनदेखि जारी बैठकमा समस्यौदाबारे विस्तृत छलफल भएको उनले बताए ।
“पार्टीले आगामी महाधिवेशनमा पारित गर्ने नीति तथा कार्यक्रमको विषयमा पार्टीको समाजवादी कार्यक्रमको विषयमा छलफल भइको छ। विभिन्न कोणबाट उठेका आवाजसहित महाधिवेशनमा एक मात्रै दस्तावेज आउनेछ,” बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले भने, “पार्टीभित्र कुनै प्रकारको अलगअलग सोच छ भन्ने शंका हटाएको छ ।”
जबजलाई लिएर अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद देखिएको थियो। खनालले छुट्टै दस्तावेज ल्याउने सार्वजनिक रुपमै बताउँदै आएका थिए। आजको बैठकमा भने सहमति जुटेको खतिवडाको भनाइ छ ।
दस्तावेजलाई पूर्णता दिनका लागि जिम्मेवारी बाँडफाँट गरिएको छ। आउँदो महाविधेशनमा विधान, राजनीतिक प्रतिवेदनसहित चार प्रतिवेदन पेश हुने खतिवडाले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here