काठमाडौँ ।। लघुवित्त पीडित र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरूलाई प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको सङ्ख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको थियो । झडपबाट दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। विभिन्न जिल्लाबाट मुग्लिङमा भेला भएका उनीहरू मुग्लिङबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौँ आएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here