चंचल झा // रौतहट ।। रौतहटको दुर्गाभगवती गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आज देखि सुरु भएको छ ।
दुर्गाभगवती गाउँपालिका प्रमुख शम्भु सिंहको विशेष पहलमा आज वुधवार र भोली विहिवार दुई दिने मुटु तथा नशा सम्बन्धि विरामीहरुको लागि निशुल्क स्वास्थ्य शिविर सु भएको हो ।
मधेश प्रदेशमैं सफल मुटु सम्बन्धी इंटरवेशन सर्जरी गर्दै आउनु भएका नेशनल मेडिकल कलेजका बरिष्ट मुटु रोग बिशेषज्ञ डा. जीतेंद्र कुमार मिश्रा ,डा. अफरोज अन्सारी, तथा बरिष्ठ स्पाईन नशा रोग बिशेषज्ञ डा.सरफरोज अंसारीको टिम द्वारा दुर्गाभगवती गाउँपलिका स्थित सरस्वती मा.वी को प्रंगणमा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन भईरहेको छ ।
निशुल्क स्वास्थ्य शिविर सुंरु भए पछि सम्बन्धित विरामीहरुको विहानै देखि शिविर स्थलमा घुइचो लागेको छ । निःशुल्क स्वास्थ्य परिक्षणका साथसाथै मुटु तथा छातीका समस्या भएकाहरुलाइ इसिजी,भिडियो एक्सरे इको,चिनीको जाँच,ब्लड प्रेसर लगायतको जाँच गरिने तथा आवश्यक्ता अनुसारको औषधीहरु पनि निशुल्क उपलब्ध रहेको पालिका अध्यक्ष शम्भु सिंहले बताउनु भयो । यस शिविरमा सबै पालिकाका विरामीहरु उपचार गराएर लाभ लिन सक्ने अध्यक्ष सिंहले बताए ।
मुटुका विरामीहरुलाइ उपचारको लागि विरगंज र काठमाण्डौ जस्तो ठाँउमा जानु पर्ने बाध्यता रहेकोले आफ्नै गाउँमा मुटु तथा नशा सम्बन्धि विशेषज्ञ चिकित्सकहरु आएर निशुल्क सेवा दिइ रहेकोले स्थानिय हर्षित भएका छन् ।
स्वास्थ्य शिविरको उद्धघाटन कार्यक्रममा दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह,उपाध्यइक्ष शिला देवी, नि.प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक,वडा अध्यक्षहरु धर्मेन्द्र कुमार झा,प्रद्युमन चौधरी,धर्मनाथ चौधरी, स्वास्थय संयोजक दिनेश महतो, जिंशी शाखा प्रमुख राजेश दास, रौतहटका वरिष्ठ पत्रकार प्रभात कुमार झा,स्थानिय राजनितिक दलको प्रतिनिधी,प्रहरी,भद्रभलालमीहरुको उपश्थिती रहेको कार्यक्रममा उद्धघोषण पालिकाका कर्मचारी सुरज मिश्राले गर्नु भएको थियो ।
दुर्गाभगवतीमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।