काठमाडौँ ।। हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपाल र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने समझदारी भएको छ।
दुई पार्टीले देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै सहकार्यकोे ढोका खोलेको जनाएका छन्।
उनीहरुले पाँच बुँदे समझदारी गर्दै आफ्ना एजेण्डामा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका अन्य दललाई पनि सहकार्यका लागि आह्वान गरेका छन्।
यस्तो छ दुई पार्टीबीच भएको पाँच बुँदे समझदारीः
१. नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न,
२. तराई-मधेश का साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न,
३. विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न,
४. निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन,
५. लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन।
तमलोपा र प्रगतिशील पार्टीबिच पाँच बुँदे सहमति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।