जनकपुरधाम ।। महोत्तरीमा दुई समुदायबीच झडप भएको छ । सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् । हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ । कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here