काठमाडाैं ।। नेपाल एसीसी महिला टी-२० प्रियिमर कपको सेमिफाइनलमा मलेशियासँग पराजित भएको छ । शुक्रबार मलेशियामा भएको सेमिफाइनल खेलमा घरेलु टोलीले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेशियाले १९.५ ओभरमा पूरा गरेको हो ।
मलेशियाका लागि इल्शा हन्टरले अर्धशतक प्रहार गरिन्। उनले ५३ बलमा ६ चौकाको मद्दतले ६९ रन बनाइन्। त्यस्तै, महिरा इस्माईले १६, मास इलिसाले १३ र वान जुलियाले ११ रन बनाए ।
नेपालका लागि कविता जोशी र सीता राना मगरले दुई-दुई तथा कविता कुँवर र रुविना क्षेत्रीले एक-एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले दुई रन बनाए । मलेशियाका लागि महिरा इस्माईले दुई र विनफ्रिड दुरइसिंगमले एक विकेट लिए ।
यो जितसँगै मलेशिया फाइनलमा पुगेको छ। उपाधिका लागि आइतबार मलेशिया र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।
मलेसियासँग पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।