काठमाडाैं ।। नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ । एक सातासम्म चल्ने भ्यालेन्टाइन डेअन्तर्गत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ । नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात् प्रणय दिवस नेपाली युवायुवती माझ निकै लोकप्रिय बनेको छ । भ्यालेन्टाइन डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रूपमा लिने गर्दछन् । यो सातामा शहरका पार्क, रिसोर्ट, रेस्टुरेन्ट, सडकहरू पनि प्रेम संकेतले सजिएका छन् । जहाँ प्रेम जोडीले समय बिताउने गर्दछन् । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।