रौतहट ।। नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदको लागि मतदान जारी छ। अन्तिम प्रयास गर्दासम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो । जिल्ला अध्यक्ष लगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अध्यक्ष पदको लागि अखिलेश्वर चौधरी, सचिवानन्द साह उमेदवार रहेका छन्। उपाध्यक्ष पदका लागि चन्दन कुशवाहा,रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनी लगायत ६ जना उम्मेदवार रहेका छन् । त्यसैगरी जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य उमेदवार रहेका छन्। यस अघि महिला उपसचिवमा मुन्ना लामिछाने, लेखा आयोगको अध्यक्षमा पवन पटेल, उपाध्यक्षमा रमेश तिमल्सिना लगायत सदस्यहरू सर्वसहमतिमा चुनिएका छन् । अहिले भईरहेको निर्वाचनमा ४२६ जना मतदाता रहेको निर्वाचन मण्डलका सदस्य बालाबिक्रम कार्कीले बताएका छन। आजै बिलुकीसम्म मतगणना सकेपछि परिणाम आउने अनुमान गरिएको छ।
नेकपा एमाले रौतहट अधिवेशन, नयाँ नेतृत्व चयनका लागि मतदान जारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।