सप्तरी ।। सप्तरी जिल्लाका राजविराज कारागारमा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान शौचालयमा मृत फेला परेका हुन् । मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए । १५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here