काठमाडाैं ।। पाकिस्तानमा चौथो पटक प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफ पराजित भएका छन् । उनी मनसेहरा सिटबाट इमरान खानको पीटीआई समर्थित उम्मेदवार पराजित भएका हुन् । समा न्यूजका अनुसार पाकिस्तान मुस्लिम लिगका नवाज शरिफ मनसेहरा सिटमा हारेका हुन् । यहाँ इमरान समर्थित निर्दलीय उम्मेदवार शहजादा गस्तासापले जित हाँसिल गरेकी छन् । शहजादा गस्तासापलाई ७४ हजार ७१३ मत मिलेको छ। पराजित नवाजले ६३ हजार ५४ मत पाएका छन् । नवाजले मनसेहरा र लाहौर सिटबाट उम्मेदवारी दिएका थिए। लाहौरमा पनि नवाज शरिफ पछाडि परेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।