काठमाडौं ।। प्रधानमन्त्री एवम् राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयनको सन्दर्भमा मुख्यमन्त्रीहरूले आफूलाई विश्वास गरेको बताएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “सङ्घीयता कार्यान्वयनको सन्दर्भमा मुख्यमन्त्रीहरूलाई मलाई विश्वास गर्नुभएको छ । यो मेरो शक्ति हो । यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु,” सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने । विसं २०७६ मा परिषद्सम्बन्धी कानून बनेपनि पहिलो बैठक आफूले नै गत असारमा राखेको स्मरण गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय र सुदृढ गर्न परिषद्को बैठक राखिएको बताए । “चारवर्ष एउटै बैठक नबसेर बित्यो । मैले ६ महिनामा २ वटा बैठक राखेर सङ्घीयता कार्यान्वयनको पहल लिएको छु,” उनले भने । सङ्घीयता कार्यान्वयन गर्न आफू मुख्यमन्त्रीहरूसँग लगातार छलफलमै रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्ने बताए ।
Home मुख्य समाचार मुख्यमन्त्रीहरू मलाई विश्वास गर्नुभएको छ,यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु – प्रधानमन्त्री...
मुख्यमन्त्रीहरू मलाई विश्वास गर्नुभएको छ,यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु – प्रधानमन्त्री प्रचण्ड
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।