काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनका कारण आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको बताएका छन् । मेची-महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम नवलपरासीमा सम्बोधन गर्दै उनले सरकार बन्दा जुनरुपमा उत्साह देखिए पनि त्यसअनुसारको काम नभएको बताए । अपेक्षाअनुसार जनताले डेलिभरी पाउन नसकेपछि आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको महामन्त्री थापाको भनाइ छ । थापाले संवाद यात्राका क्रममा आमनागरिकले थुप्रै समस्या उठान गरेकोमा मूलतः भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here