काबुल , भदाै ३१ । अफगानिस्तानको एक निर्वाचन र्यालीमा बम आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ।मंगलबार पारवन प्रान्तस्थित निर्वाचन र्यालीलाई राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने कार्यतालिका थियो।
सोही भीडलाई लक्षित गरेर आक्रमण भएको हो। यसैबीच राजधानी काबुलमा समेत बम आक्रमण भएको बताइएको छ। उक्त आक्रमणमा ३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
उक्त आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन। तालिवान समूहले त्यहाँ सरकारी सेना तथा सरकारी कार्यालयलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्।
तालिबानले आगामी सेप्टेम्बर २८ तारिखमा हुने भनेको राष्ट्रपतिय निर्वाचन भाँड्ने उद्घोष गरिसकेकाले यस आक्रमण तालिबानले नै गराएको आशंका गरिएको छ।
आक्रमणबाट राष्ट्रपति असरफ घानीलाई कुनै चोट लागेको छैन। उनी सुरक्षित रहेको जनाइएको छ।
नेपाल खबर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।