काठमाडौं ।। व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । तर पक्राउको कारणबारे भने केही बताइएको छैन । चौधरीलाई निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उद्योगको नाममा रहेको भनिएको १० रोपनी जग्गा अरुण र उनकी श्रीमतीको नाममा रहेको छ । चौधरीलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । “घरमा हाम्रो टोली पुगेपछि उनी लुक्ने प्रयास गरेका थिए,” प्रहरी स्रोतले भन्यो, “अहिले पक्राउ गरिएको छ । अब थप अनुसन्धान हुँदै जानेछ ।”

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here