काठमाडौं ।। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ। कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णालीले एपीएफलाई २१ रनले पराजित गरेको हो।
कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा समेटियो। एपीएफका लागि आसिफ शेखले १०८ रनको शतकीय इनिङ खेले। कर्णालीका लागि प्रकाश जैशीले ४ विकेट लिए। त्यस्तै दिपेन्द्र रावत र युनिष सिंहले समान दुई-दुई विकेट लिए भने दिनेश अधिकारीले एक विकेट लिए ।
त्यसअघि टस गारेर पहिले ब्याटिङ गरेको कर्णालीले ४४.१ ओभरमा २०६ रन बनाउँदै अलआउट भयो। कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए। त्यस्तै अर्जुन घर्तीले ५३ रन बनाए। एपीएफका लागि मौसम ढकालले ३ विकेट लिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।