रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा मेयर कप 2080 को आयोजना हुने भएको छ!रौतहट जिल्ला क्रिकेट संघको आयोजना तथा गौर नगरपालिकाको सहयोगमा माघ 13 गते देखी मेयर कपको आयोजना हुने भएको हो!
शनिवार गौर नगरपालिकाको सभाहलमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कपको टीम तथा पुरस्कारको सार्बजनिक गरिएको हो! नगर प्रमुख शम्भु साह कानुले क्रिकेट खिलाडीको खेलकुदको विकासको लागि नगर पालिका तयार रहेको बताउनु भएको छ! नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलको विकास तथा उत्कृस्ट खेल प्रदर्शन गर्ने खिलाडीको प्रादेश र राष्ट्र स्तरमा पुर्याउने उदेश्यले मेयर कप को आयोजना गरिएको उहाले बताए!
आगामी फाल्गुन महिनामा आयोजना हुने पालिका कपको तयारीको लागि खिलाडी चयन गर्नमा सहज हुने लक्ष्य मेयर कपको रहेको छ! 9 वटा वडाका टीमलाइ तिन समुहमा बिभाजन गरि लिग खेल खेलाइने क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त बिक्रम नेपालले जानकारी दिएका छन्! लिग पछि सुपर आठ तथा सेमी फाइनल र फाइनल खेल हुने टाई सिट सार्बजनिक गरिएको छ! माघ 22 गते फाइनल हुने प्रतियोगिताको बिजेता हुने टीमलाइ 25 हजार र उप बिजेता हुने टीमलाइ 15 हजार नगद पुरस्कार दिइने छन्!
प्रत्येक खेलको मैन आफ दिई मैच हुनेलाइ 15 सय, मैन अफ दि सिरिज हुनेलाइ 5 हजार, बेस्ट बौलरलाइ 21 सय, बेस्ट बैट्स मैन लाइ 21 सय र बेस्ट किपरलाइ 21 सय नगद पुरस्कार दिइने संघले जनाएको छ! पत्रकार सम्मेलनमा निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर, क्रिकेट संघका अध्यक्ष पवन साह, उपाध्यक्ष मनोज शर्मा, निर्वाचित वडा अध्यक्ष तथा क्रिकेट टीमका कप्तानहरूको सहभागिता रहेको थियो!