राकेश यादव ।। रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा दिन प्रति दिन बिरामीको संख्या घट्दै गएको छ ! मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मंत्रालयको गैर जिम्मेवारीको कारण प्रादेशिक अस्पतालको सेवा प्रभाव प्रभावित हुदै गएको हो !
प्रादेशिक अस्पतालको मेडिकल सुप्रीटेंडेंटको बिबादको कारण प्रमुख बिहीन भएका कारण अस्पतालमा कार्यरत रहेका चिकित्सकहरु बिगत तीन महीना देखि तलब, भत्ता पाउनबाट समेत बंचित भएको छ ! प्रादेशिक अस्पतालमा राजनितिक विषय प्रवेश गरेको कारण पछिलो समय विरामीहरुको भीड़ लाग्ने अस्पतालमा मेसु सरुवाको विषय लिएर बिबाद सृजना सृजना भएपछि उपचार गराउन आउने विरामीको चाप न्यून भएको हो !
कार्यालय प्रमुख नहुँदा स्वास्थ्यकर्मी तलब भत्ता पाउन नसकेको र मंत्रालयले मेसुको टुङ्गो लगाऊंन समेत नसकेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मोहमद अनवर हासमीले बताएका छन !
गौर अस्पताल प्रति आम नागरिकको रहेको अविश्वासलाइ चिरदै उपचारको बातावरण बनाउन प्रयास गरेको र सेवा प्रबाहमा सुधार ल्याएको बेला प्रदेश सरकारले गरेको चलखेलले फेरी अस्पताललाइ पहिलाको अवस्थामा फर्काएको गुनासो अध्यक्ष हासमीको रहेको छ ! मेसुको विबाद समाधान गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि सम्वन्धित मंत्रालय तथा मुख्यमंत्री कार्यालयले कुनै चासो देखाउन नसकेको आरोप उहाको रहेको छ !
कार्यालय प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको बताउँदै अध्यक्ष हासमीले कर्मचारीको व्यवस्थापन छिटो गर्नको लागि आग्रह समेत गरेका छन !
प्रादेशिक अस्पताल गौरमा कार्यरत रहेका मेसु डाक्टर कृष्णा साहको सरुवा गरेर डाक्टर संजीव सिंहलाइ पठाएको र पछि गएको कार्तिक महीनामा फेरी डाक्टर सिंहलाइ सरुवा गरेर डाक्टर साहलाइ मेसुको रुपमा मंत्रालयले पठाएपछि डाक्टर सिंहले मुख्यमंत्री तथा स्वास्थ्य मंत्री र मंत्रालयलाइ विपक्षी बनाएर उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा रिट दायर गरेपछि अस्पताल मेसु बिहीन भएको छ !
रिट दायर गरेका डाक्टर सिंह बढ़ुवा भएपछि पनि मंत्रालयले पदस्थापन नगरेको बुझिएको छ ! कार्यालय प्रमुख बिहीन भएको कारण अस्पतालमा दिइने औषधिको आभाव भएको छ ! उपचार गराउन आउने बिरामीहरु निजी अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन !
आकस्मिक कक्षका इंचार्ज स्वास्थ्यकर्मी राजेश सिंहका अनुसार ग्लब्स पनि उपलब्ध नरहेकोले तत्काल उपचार गर्न समस्या हुने गरेको छ ! तीन महीना देखि तलब .नाइट भत्ता , आईसीयू भत्ता , नपाएको भन्दै कार्यरत ११ जना चिकित्सकले माघ ७ गते देखि तालाबन्दी गरेर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ! डाक्टर फिरोज , डाक्टर विक्रान्त मेहता ,उज्जवल ठाकुर , गोपाल गुप्ता , डाक्टर अमित कुमार चौधरी, रंजन ठाकुर , परशुराम यादव ,चन्दन कुमार सहनी, शेखर जायसवाल र डाक्टर नविन सागर यादवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here