काठमाडाैं ।। गाजामा द्वन्द्व सुरु भएको सोमबार सय दिन पूरा भएको छ। यसै सिलसिलामा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले तत्काल युद्धविराम गर्न पुनः आह्वान गरेका छन् ।
गाजामा भएका अत्याचार, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसा लगायतले त्यहाँको वित्तीय संकटलाई जटिल बनाउँदै लगेको महासचिवले बताए ।
लाल सागर र त्यसभन्दा बाहिर पनि तनाव बढिरहेको भन्दै चाँडै युद्धविराम गर्न उनले आह्वान गरेका छन् ।
यसैगरी इजरायल र लेबनानबीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने महासचिव गुटेरेसले बताएका छन् ।
द्वन्द्व सुरु भएको सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको गुटेरेसले बताए ।
गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही काम भए पनि जीवन धान्न आवश्यक हुने वस्तुहरू उचित मात्रामा उपलब्ध हुन नसकेको उनले बताए ।
भोकमरीले गाजाका मानिसलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा पारेको महासचिव गुटेरेसले बताए । महासचिव गुटेरेसले हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसकिने बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here