रौतहट ।। रौतहट जिल्लामा चिसो बढेको भन्दै विभिन्न स्थानीय तहले सामुदायिक तथा सस्थागत बिद्यालय बन्द गरेका छन्! बिगत केहि दिन देखी बढेको चिसो र बाक्लो हुसुको कारण जनजीवन प्रभावित हुन लाग्दा स्थानीय तहले बाल बालिकाको स्वास्थको ख्याल गर्दै 4 दिन देखी 6 दिन सम्म बिद्यालयमा जाडो बिदा दिएको हो!
राजदेवी नगरपालिका पुष 24 गते देखी 29 गते सम्म, गढ़िमाई नगर पालिका 24 गते देखी 29 गते सम्म, राजपुर नगरपालिका 24 देखी पुष 29 गते सम्म सामुदायिक विद्यालय तथा सस्थागत बिद्यालयमा जाडो बिदा दिएका छन्!
फतुवा विजयपुर नगरपालिकाले 24 देखी 26 गते सम्म, माधब नारायण नगरपालिका, इशनाथ नगर पालिकाले पुस 26 गते सम्म बिदा दिए पनि परोहा नगरपालिकाले माघ 1 गते, चन्द्रपुर नगरपालिका माघ 5 तथा बृन्दाबन नगरपालिकाले पुष 25 देखी माघ 2 गते सम्म जाडो बिदा दिएको जारी गरिएको सुचनामा उल्लेख गरिएको छ!
बिहान देखी 11 बजे सम्म लाग्ने बाक्लो हुसुको कारण सवारी साधन चलाउन कठिनाई भएको छ भने हुसुका कारण सडक दुर्घटना बढ्ने जोखिम बढेर गएको छ!
दिन प्रति दिन चिसो बढ्दै गए पनि स्थानीय तह र जिल्ला विपद व्यवस्थापन समितिले चिसो बाट प्रभावित हुने सर्बसाधारणको लागि केहि व्यवस्थापन गर्न सकेको छैन! चिसोको कारण गौर सदरमुकाममा रहेका सरकारी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको संख्यामा समेत कमी आएको छ! न्यायो तथा उनि लुगा कपडा खरिद गर्नको लागि कपडा पसलमा भिड लाग्ने गरेको देखिएको छ! पुसको तेस्रो हप्ता देखी बढेको चिसोले बाल बालिका, बृद्ध बृद्धदा महिला पुरुष प्रभावित हुने भएकोले न्यानो कपडाको ब्यबस्थापन तथा शहर बजारमा विभिन्न सार्वजनिक ठाउमा दाउराको व्यबस्था गर्नु पर्ने जरुरी रहेको छ!
रौतहटमा धमाधम जाडो बिदा दिदै पालिका
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।