जनकपुरधाम ।। जनकपुरधाममा नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी विरुद्ध लघुवित संस्थाबाट पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । मंगलबार जनकपुरधाममा विभिन्न ९ बुँदे मागसहित लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेका छन् । उनीहरु नगरको विभिन्न चौकमा विशाल जुलुससहित गर्भनर अधिकारीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।
नगरको परिक्रमा गर्दै उनीहरु राष्ट्रबैँकको मधेस प्रदेश कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरु नव सामन्तीको रुपमा स्थापित लघुवित तथा वित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने, सामाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, जनपक्षिय मौद्रिक निति कायम गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, भूमिहिन तथा वित्तीय शोषणका पीडितहरुलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुखको व्यवस्था गर्नुपर्ने मागसहित विरोध प्रदर्शन गरेका हुन् ।
मधेस प्रदेशको विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरुले जनकपुरधाममा पुगेर प्रदर्शन गरेका हुन् ।
जनकपुरमा गभर्नर अधिकारीबिरुद्ध लघुवित्त पीडितद्वारा प्रदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।