सर्लाही ।। सर्लाहीको बरहथवा घटनामा गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला तानिएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालका अनुसार वरिष्ठ हवल्दार यादवलाई जिल्ला तानेर घटनाको छानबिन गरिरहेको हो । आन्दोलनकारीहरुले यादवले नै गोली चलाएको आरोप लगाएका छन् । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो। परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् । शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्ने लगायतका मागमा अडान राखेका थिए । त्यहीकारण वार्ता निष्कर्षमा पुग्न सकेन। घटनाका विषयमा गृह मन्त्रालयले पनि छानविन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। तर पीडित परिवार र प्रदर्शनकारीहरूले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here