रौतहट । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले अव देखि नगरको सर सफाईको अभिभारा विद्यार्थीलाइ दिएको बताएका छन ।
इंटरनेशनल बाल एकेडमी गौरले बाल अधिकार दिवसको अवसरमा आयोजना गरेको बृहद सरसफाई अभियान कार्यक्रममा नगर प्रमुख गुप्ताले नगरपालिका शिक्षा ,स्वास्थ्य ,सरसफाई ,तथा बाल बालिकाको अधिकार सुनिश्चितता गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा सरसफाईको लागि डस्टबिन विद्यार्थीहरुलाइ हस्तानांतरण गर्दै अव देखि नगरको सफाई ,सुन्दर नगर स्वच्छ र हरियाली नगरपालिका बनाउने जिम्मेवारी विद्यार्थी , पत्रकार , र स्थानीय हरुलाइ दिइएको बताए । मेयर गुप्ताले मात्र नगरपालिकाले चाहेर सरसफाई संभव नरहेको बताउँदै सवैले आ आफ्नो दायित्व बोध जिम्मेवारी नबुझे सम्म गौर नगरपालिका सूंदर ,स्वच्छ तथा हरियो नगरपालिका नबन्ने जिकिर गरे ।
निर्वा्चित जनप्रतिनिधि नागरिक समाज , राजनितिक दल , बुद्धिजीवी समाज ,पत्रकार ,विद्यार्थी , स्थानीय बासी अगाडी आउनुको विकल्प नरहेको धारणा राखे । कार्यक्रममा सहभागी भएकाहरुले एक एक वटा डस्टविन विद्यार्थीहरुलाई हस्तानान्तरण गरेका थिए । नगरपालिकाको विभिन्न ठाउमा डस्टविन हाल्दै विद्यार्थीहरुले सवैले फोहर डस्टविनमा हालेर नगरपालिका प्रतिको दायित्व निर्वाह आग्रह गर्दै नगरपरिक्रमा समेत गरेका छन ।
कार्यक्रममा गौर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सुमन कार्की , वड़ा अध्यक्ष भरत साह , राकेश झा , राम स्वार्थ यादव , शेख जमशैद , मजहर खां ,पूर्व नगर उपप्रमुख इसराइल अंसारी , नेपाल प्रत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साह , संचारकर्मी राकेश कुमार यादव , दिनेश यादव , चंचल झा , धर्मेन्द्र साह ,अजीत कुमार कर्ण , दिलीप पांडेय ,राजपा नेपालका विद्यार्थी नेता ओम प्रकाश मधेशिया लगायतका उपस्थिति रहेको थियो ।